नेपाल स्वस्थ्य अनुसन्धान परिषदले नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका ब्यक्तिहरुमा एन्टिबडिको अध्ययनको तथ्यांक सार्बजनिक गरेको छ!
नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टीबडीको अवस्था हेर्न नेपाल स्वास्थ अनुसंधान परिषद ले नमुना संकलन गरेको थियो।
त्यस अर्न्तगत यस परिषद्वारा अनुसन्धान प्रस्ताव तयार गरी अध्ययन क्षेत्र सुनिश्चित गर्दै अनुसन्धान टोलीलाई अभिमुखिकरण गरी आवश्यक उपकरण तथा उचित सावधानी सहित फिल्डमा परिचालन गरेको थियो ।
अध्ययनको विवरण
अध्ययनका लागि काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाका खोप लगाएका तथा
नलगाएका १,७९६ सहभागीहरुको मिति २०७८/२/१७ देखि २०७८/३/२५ गते सम्म रगतको नमुना
संकलन गरी उक्त नमुनाहरुमा CLIA विधि मार्फत एन्टीबडीको स्तरको परिक्षण गरिएको थियो ।
अध्ययनका लागि स्वास्थ परिषद ले कुल १,७९६ सहभागी मध्ये पुरुष ५१.८५ (१,२२७) र महिला ४८.१५ (५७९) चुनेको थियो।
सहभागीहरुको औसत उमेर ५०.५ वर्ष थियो ।
उक्त १५.४५ (२७८) जना सहभागीहरुमा विगतमा कोमिड-१९ को संक्रमण भएको पाईएको छ ।
सहभागी मध्ये ३७.८५ (६८०) जना मा दिर्घरोग भएको देखिएको छ।
जस मध्ये ६६.६५, (४५३) लाई उच्च रक्तचाप रहेको निष्कर्ष निकालिएको छ ।
कुल सहभागी मध्ये खोप लगाएका ८१% (१,४४८) थिए,
जस मध्ये Covishield लगाउने ८५.२५ (१,२३५), Verocell १४.५% (२१०) र अन्य खोप लगाउने
०.२४ (३) रहेको अध्यान ले बताएको छ।
खोप लगाएका व्यक्ति ९४१ जानामा एन्टीबडी देखिएको थियो भने खोप नलगाएका ३०४ सहागीमध्ये १५३ (४३.९७)% मा पनि देखिएको कुरा परिषद ले जनाएको छ। पहिलो डोजमा खोप लगाएका मध्ये ५०५(५०.१) र दुवै डोजको खोप लगाएका मध्ये ४३६ (८२%) जनामा एन्टीबडी देखिएको थियो ।
त्यस्तै कोभीड-१९ को पुष्ट नभएका व्यक्तिहरु मध्ये ५९.८ (९०८ ) जनामा एन्टीबडी विकसित भएको पाइयो ।
कॉमिड-१९ को संक्रमण भई निको भएका मध्ये लक्षण नदेखिएका सहभागीहरुको अनुपातमा जटिल सक्षण देखिएका सहभागीहरुमा एन्टीबडी विकसित भएको पाईयो । खोप लगाएको दिनसंग नमुना संकलनको दिनलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेका ८२.३३ सहभागीहरुमा एन्टीबडी देखिएको थियो भने चौथो महिना पछि यो कमशः घटेर ४३.७५ मा मात्र देखिएको थियो । त्यस्तै, दीर्घरोगीहरुमा एउटा मात्र दीर्घ रोग भएको मध्ये ७८.९% मा दुई वटा दीर्घ रोग भएका मध्ये ७१.६९% मा तथा तीन वा सो भन्दा बढी दीर्घ रोग भएका मध्ये ४२.३ मा एन्टीवडी देखिएको थियो ।
अध्ययनले नेपालमा कोभीड-१९ को संक्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसंख्यामा कोभीड-१९ विरुद्धको एन्टीबडी विकसित भएको तथ्य उजागर गरेको र कोभीड-१९ को खोप लगाएका सहभागीहरुमध्ये एउटा डोज मात्र लगाएका भन्दा दुवै डोज लगाएकाहरुमा खोपको प्रभावकारिता बढी रहेको र यसका साथै कोभीड-१९ को सक्रमण भएका सहभागीहरुमध्ये लक्षण नदेखिएका सहभागीहरुको अनुपातमा जटिल लक्षण देखिएका सहभागीहरुमा एन्टीबडी विकसित भएको बताएको छ।
त्यस्तै, कोभीड-१९ विरुद्ध एन्टीबडी विकसित भएका सहभागीहरु मध्ये पहिलो डोज मात्र खोप लगाउने भन्दा दुवै डोज खोप लगाउने सहभागीहरुको संख्या बढी रहेको अनि कोभीड-१९ बिरुद्धको खोप लगाई शरीरमा एन्टीबडी विकास भएका सहभागीहरुको संख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टीबडी विकसित भएका सहभागीहरुको संख्या भने घट्दै गएको निष्कर्श निकालेको छ।
परिषदको थप अध्ययनमा कोभीड-१९ विरुद्धकी दुवै डोज खोप लगाएका सहभागीहरुमा पनि समयक्रममा एन्टीबडी विकसित भएका व्यक्तिहरुको संख्या घट्दै गएको देखिएको हुँदा यसै अध्ययनका सहभागीहरुमा एन्टीबडीको स्तरको थप अध्ययनको जरुरी रहेको बताएको छ। त्यस्तै बुस्टर डोजको आवश्यकता सम्बन्धी थप अध्ययनको आवश्यकता रहेको पनि विज्ञप्पती मार्फत जनाएको छ ।
यस अध्ययनमा ६० वर्ष भन्दा माथि उमेर समुहका पहिलो डोज Covishield खोप लगाएका
व्यक्तिहरुको पनि उल्लेखनिय सहभागीता थियो जसमा जम्मा आधा सहभागीमा मात्र एन्टीबडी बनेको
पाइएको थियो । त्यसैले यस्ता व्यक्तिहरुमा दोस्रो डोज खोप लगाएको १४ देखि २१ दिन पछि फेरि
एन्टीबडीको अध्ययनको आवश्यकता परेको पनि उल्लेख गरेको छ।
कोभिड-१९ विरुद्धको खोप नलगाएका तथा कोभिडको संक्रमण पुष्टि नभएका ४६% सहभागीहरुमा
पनि एन्टीबडी विकसित भएको देखिएको हुनाले कोभिङ-१९ समुदाय स्तरमा फैलिएको हुन सक्ने
सम्भावना छ । त्यसैले नेपालभरि Seroprevalence अध्ययनको आवश्यकता देखिने कुरामा परिषद को ध्यान केन्द्रित रहेको पनि उल्लेख छ।